क) ऐतिहाँसिक पृष्ठभूमि :
नेपाल तपोभूमि लुम्बिनी क्षेत्र अन्र्तगत कपिलवस्तु जिल्ला मध्येको बीच भूमि मायादेवी गा.पा.–१, पकडीमा अवस्थित श्री छत्रपाली तिर्था देवी मा.वि. पकडी को ऐतिहाँसिक पृष्ठभूमि झल्किन्छ ।
लुम्बिनी अञ्चल कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवा देखि पूर्व यस जिल्लाको सिमाना कोठी नदीको विचमा शिक्षा एवं स्वास्थ्यको कुनै पनि सुविधा थिएन । यस क्षेत्रका बसोबास गरेकाहरुलाई यातायातको सुविधा पनि थिएन । वि.सं. २०१५ सालमा श्री ५ महाराजधिराज महेन्द्र सरकारको सवारी हुँदा बाबु स्व. श्री रामसवारे प्रसाद चौधरी ज्यूले आफ्नो व्यक्तिगत स्वार्थ भन्दा माथि जनकल्याण हेतु स्वास्थ्य र शिक्षाका लागि विद्यालयको विन्तीपत्र चढाउनु भएको थियो । वि.सं. २०१६ सालमा जिल्ला प्रमुख अयुर्वेदिक अस्पताल र प्राथमिक विद्यालयको स्वीकृती प्रदान भएको थियो । वहाँको अथक प्रयासले ३ कोठे प्राथमिक भवन र अरु दाजु भाइसँग जग्गा लिई आफ्नो आमाको नामले श्री छत्रपाली प्रा.वि. विद्यालय पकडीको नामाकरण गराउनु भयो । वहाको सपना मा.वि. विद्यालय संचालन गर्ने थियो सोही अनुसार आप्mनै दिदी स्व. श्रीमति तिर्था देवीबाट ५ कोठे भवन निर्माण गराई आमा र दिदीको समयुक्त नामले श्री छत्रपाली तिर्था देवी नि.मा.वि गराउनु भएको । वहाँको प्रयासले गर्दा मध्यमिकको स्वीकृति भइ २०६४।३।८ देखि ंद्द मा.वि. कक्षा समेत संचालन भइ रहेको छ । वहाँको सपना डि.ग्री. कालेज बनाउने थियो तर सकार हुन न सक्दै वहाँ स्वर्गवास हुनु भयो । यस विद्यालयबाट यस क्षेत्रका बासिन्दाहरुले ज्ञानको ज्योती पाइ अशिक्षाको अन्धकारमा प्रकाशको ज्योति फैलाउने अधिकांश नागरिकहरुको सिर्जना भई सकेको छ । अगामी दिनहरुमा पनि हुने छ ।
ख) भौगोलिक अवस्था :
लुम्बिनी अञ्चल कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवा देखि पूर्व पट्टी १० कि.मि.मा तौलिहवा लुम्बिनी सडकमा पर्ने पकडी चौराहा देखि चाकरचौडा जाने बाटोको पूर्व हुलाकी सडक सोको दक्षिण तर्फ मायादेवी गाउँपालिका १,पकडी मा श्री छत्र पाली तिर्था देवी मा.वि. स्थित छ ।
यसको पश्चिम पट्टी मुगेहरी, पकडी गाउको विचबाट अभिराव कुलो र पूर्व तर्फ मर्थी नदीको शाखा बगेको छ । दक्षिण पट्टी अभिराव अभिराव र उत्तर पट्टी हुलाकी सडक रहेको छ । यस विद्यालयको सेवा क्षेत्र मयादेवी गाउँपालिका र पूर्वमा शुद्धोधन गा.पा (को पश्चिमी क्षेत्र रहेको छ ।
ग) विद्यालय समुदायको बनोट :
यस श्री छत्रपाली तिर्था देवी मा.वि.पकडी कपिलवस्तुको सेवा क्षेत्र अन्तरगत दलित महिला १५६ र पुरुष १६२ जम्मा ३१८, जनजाति महिला ४४ पुरुष २२ जम्मा ६६, मुस्लिम महिला ३२६ पुरुष ३६४ जम्मा ६९०, अन्य महिला २८० पुरुष २८६ गरी जम्मा १५८० जातजातिको बसोबास रहेको यो क्षेत्रमा बाहुन, कुर्मी, चौधरी, यादव, लोहार, सोनार, चाई, मल्लाह, बनियाँ ,चमार आदि जातजातिका मानिसहरु बसोबास गर्दै आएका छन् । सम्पूर्ण जनसंख्याको ९५ प्रतिशत मानिसहरुको पेशा कृषि र कृषिमा आधारित ज्याला नै छ । त्यस हुनले गरिबीका कारण धेरै बालबालिकाहरु शिक्षाबाट बञ्चित छन् । यस क्षेत्रका सम्पूर्ण मानिसहरुको मातृभाषा अवधि नै हो । अन्य क्षेत्रमा पारिश्रमिकको व्यवस्था नभएको हुँदा यहाँको जातजातिको आयस्रोत ज्यादै न्यून अवस्थामा छ । शिक्षाको क्षेत्रमा पिछाडिएका भए ता पनि यहाँ आयुर्वेदिक अस्पताल, हेल्थपोष्ट, कृषिउपकेन्द्र, साझासंस्था र हुलाकको व्यवस्था छ । यातायातको व्यवस्था पन यस क्षेत्रमा समान्य छ जसले गर्दा मानिसहरुमा जन चेतना आउन थालेको छ । त्यसको परिणम स्वरुप बालबालिकाहरु शिक्षा तर्फ आकर्षित भईराखेका छ ।
घं) सेवा क्षेत्रको परिभाषा:
कक्षा निर्देशन पुस्तिकाको नितिगत व्यवस्थापन यस विद्यालयको सेवा क्षेत्र निम्न अनुसार किटान गरी नक्सा समेत प्रस्तुत गरिएको छ ।
विद्यालयको पश्चिम पट्टी मायादेवी गा.पा डुमरा, पकडी गाउँको बीचबाट अभिराव कुलो र पूर्व तर्फ मर्थीनदीको शाखा बगेको छ । दक्षिण पट्टी अभिराव गाउ र उत्तर पट्टी हुलाकी सडक रहेको छ । विशेष गरी पकडी मायादेवी गा.पा.को र शुद्धोधन गा.पा.को पश्चििम दक्षिणी क्षेत्र यसको मुख्य सेवा क्षेत्र हुन

